Sunday, January 10, 2010

मनोज बोगटी
पठन-1

फिनिक्सको कथा पुराण जस्तै सुनाउँछ
र मलाई बॉंच भन्छ
अक्षर।

बॉंच्न अघि म त्यो कठोर यातना सम्झन्छु
जसलाई भोग्दा
क्षयरोगी भए आवाज।

पीढ़ा सम्झन्छु त्यो
जसको वितरणकक्ष सम्हालेर बसेका छन्‌
पान चबाएर रातो थुक्ने लाल साहेबहरू
उनीहरू रा...तो हुँदा
हाम्रो रङ हराउँछ।

रोबर्ट ब्रुस डोरीबाट झर्छन्‌ र पानी हाल्छन्‌
जरा काटिएको स्वाभिमानको बोटमा।
खुइलिएको इतिहासलाई झोला जस्तो बोकेर
हामीले हिँड़ेको
नदी किनारको बालुवामा अब त कुनै डाम समेत छैन।

किनारको पाइलासम्मै उर्लिएर आउँछ
रणनीति।

मेरो उपस्थिति पखालेर भाग्छ।
तर्न नसकेको त्यो नदी
झन गहिरो-झन गहिरो बन्दै गइरहेको छ।

दैलो खोल्ने बित्तिकै घाममा टल्केको
केही अक्षर पस्छन्‌-पढ्छु म-किनाराका आवाजहरू।
मनप्रसाद सुब्बा र रेमिका थापा आउँछन्‌ र देखाउँछन्‌
भुइँ टेकेर बॉंच्नेहरू-को सबर्ल्टनको शीर।

No comments:

Post a Comment